नियम ४३
बढुवा समितिको सचिवालय
: (१) देहाय बमोजिमको बढुवा समितिको सचिवालयको कार्य देहाय बमोजिमको कार्यालयले गर्नेछः–
(क) नियम २७ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य मन्त्रालयले र खण्ड (ग) र (घ) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य प्रहरी प्रधान कार्यालयले ।
(ख) नियम २७ को उपनियम (१) को खण्ड (ङ) र (च) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयले ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा कार्यरत रहेको प्रहरी नायव निरीक्षकभन्दा तल्लो दर्जाको पदमा कार्यरत प्रहरी कर्मचारीको बढुवा गर्न वा यस नियमावली बमोजिम प्रहरी प्रधान कार्यालयबाट नै बढुवा गर्नुपर्ने अवस्था भएमा सोे बढुवा सम्बन्धी कार्य गर्ने प्रयोजनका लागि बढुवा समितिको सचिवालय प्रहरी प्रधान कार्यालयमा रहनेछ ।